११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध

तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध



खोटाङ,१६ साउन । निरन्तर परेको अविरल वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठ्माडौं, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टा जाने सवारी साधन बाटैमा रोकिएका छन् ।

सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको छ ।

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षापछिको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक बन्द भएका छन्

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ००:००  १० : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली