११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प पीडित १४ घर परिवारलाई राहत वितरण

भूकम्प पीडित १४ घर परिवारलाई राहत वितरण



तस्वीर :सुवास राई : खोटाङ,२५ साउन । भूकम्प पीडित १४ घर परिवारलाई राहत वितरण गरिएको छ । गत साउन १५ गतेको भूकम्पले पुर्णरूपमा क्षति पुर्‍याएका साकेला गाउँपालिका गाउँपालिकाका पाँच वडाका १४ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले राहत वितरण गरेको हो ।

मंगलबार साकेला गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेश राईको अध्यक्षतामा भूकम्पबाट घरमा पूर्णक्षति पुगेकालाई राहत वितरण गरेको जनाइएको छ ।

भूकम्प पीडित परिवारलाई राहत स्वरुप त्रिपाल १ थान, कम्बल २ थान, भाडा सेट १ सेट, बाल्टिन १ थान, साडी १ थान र कपडा ८ मिटर हस्तान्तरण गरिएको साकेला गाउँपालिकाका अध्यक्ष रवीप्रकाश राईले जानकारी दिए ।

साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका डम्बरबहादुर विक, अम्मर खत्री, डिल्लीराम राई, राजन बस्नेत, धनराज(लोकबहादुर)गुरुङ, केदार गुरुङ, साकेला गाउँपालिका–२ रतन्छाका सुक्री राई, रामकुमार राई, साकेला गाउँपालिका–३ खिदिमाका अनिल राई, हर्क बहादुर दमाई, साकेला गाउँपालिका–४ मात्तिमका खगेन्द्र खड्का, भविन्द्र परियार तथा साकेला गाउँपालिका–५ मात्तिमविर्ताका सितादेवी राई र धनकुमार राईलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो ।

भूकम्पका कारण आफ्नो गाउँपालिकामा पुगेको क्षतिप्रति गाउँपालिका अध्यक्ष राईले दुःख व्यक्त  गरेका छन् । उनले भुकम्पबाट प्रभावितहरूको थप पहिचानका लागि केन्द्रबाट साकेला गाउँपालिकामा परिचालित प्राविधिक टोलीलाई प्रत्येक गाउँ तथा टोलहरूमा जानसमेत आग्रह गरेका छन् । राहत वितरण कार्यक्रम राईले भूकम्प प्रभावित घर, परिवारलाई थप राहत उपलब्धताका लागि माथिल्लो निकायहरूसँगसमेत गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता जनाएका छन्। राईले यो विषम परिस्थितिमा अहोरात्र खटिइ यहाँका नागरिकलाई सहयोग गरिदिएकोप्रति तर्फबाट नेपाल प्रहरी, रेडक्रससोसाईटी र गाउँपालिकाको सिङ्गो टिमलाई हृदयदेखि धन्यवाद दिनुभएको छ ।

भुकम्पबाट प्रभावित साकेलाबासी नागरिकका लागि थप राहत उपलब्ध गराउन सम्पूर्ण निकायहरुसँग समन्वय गर्ने रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले बताएका छन्।

गत साउन १५ गते आइतबार विहान ८:१३ मिनेट जाँदा खोटाङस्थित साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ००:००  ११ : ५६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली