१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन निर्माण कम्पनीलाई हप्ता दिन भित्र काम सुचारू गर्न पत्रचार

तीन निर्माण कम्पनीलाई हप्ता दिन भित्र काम सुचारू गर्न पत्रचार



खोटाङ,२६ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई सात दिनभित्र काम सुचारु गर्न पत्रचार गरेको छ। नगरपालिकाको क्षेत्रभित्र विकास निर्माणका काम अलपत्र पार्ने तिन निर्माण कम्पनीलाई हप्तादिनमा काम सुचारु गर्न पत्रचार गरेकोे हो।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाबाट बोलपत्र आव्हान भई नगरपालिका अन्तर्गत हाँटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा–दुम्ली–आयुर्वेद भवन सडक खण्डको काम अपुरो राख्ने लगलगे कन्ट्रक्सन चाबहिल काठमाण्डौ, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्डको काम अलपत्र पार्ने रौताहा/सुसम/आदित्य जेभि उदयपुर र हस्पिटलचोक–लफ्याङ सडक खण्डको काम अलपत्र पार्ने ढुकुचु/बगाले थापा/वि.एन.टि जेभि सिन्धुपाल्चोकलाई बिहीबार नगरप्रमुख तीर्थराज भट्टराईले पत्रचार गर्नुभएको हो ।

तिनै वटा योजनाको काम अपुरो रहेका कारण यातायात अवरुद्ध भएको, हिडडुल गर्न समेत समस्या भएको, निर्माणाधिन सडक अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम समेत भएको भन्दै स्थानीयवासीहरूबाट व्यापक जनगुनासो आएपछी निर्माण कम्पनीलाई पत्रचार गर्नुपरेको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । निर्माण कम्पनीहरुलाई लेखिएको पत्रमा पूर्वाधार विकास कार्यालय उदयपुर गाईघाटलाई बोधार्थ राखिएको छ।

निर्माण कम्पनीहरुले सात दिनभित्र काम सुचारु नगरे सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय लगायत सम्बन्धित निकायहरुमा कानून बमोजिमको कारवाहीको लागि सिफारिस गरिनेछ। प्रमुख भट्टराईले भन्नुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार ००:००  १० : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली