११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ प्रहरी प्रमुखमा मञ्जिल मुकारुङ

खोटाङ प्रहरी प्रमुखमा मञ्जिल मुकारुङ



खोटाङ, ३० साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले नयाँ प्रहरी प्रमुख पाएको छ । तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरूवा भएसँगै प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले आइतबारदेखि आफ्नो कार्यभार सम्हाल्न थाल्नुभएको हो।

प्रहरी प्रधान कार्यालयले ४३ प्रमुख प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेको थियो । त्यसमध्ये खोटाङका प्रहरी प्रमुख लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरूवा भएसँगै मुकारुङ प्रहरी प्रमुखको रुपमा खोटाङ आउनुभएको हो।

प्रहरी प्रमुख नायव उपरीक्षक मुकारुङले आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानुनको परिधिमा रहेर प्रहरी सेवा प्रदान गर्नसमेत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । यसअघि प्रमुख मुकारुङ नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा प्रहरी नायव उपरीक्षक कै रूपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रमुख मुकारुङलाई नेपाल प्रहरीमा एकदमै निडर,कर्तव्यनिष्ठ,काविल अति क्षमतावान प्रहरी अधिकृतका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  २ : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली