८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिकाको प्रशासकीय भवन अध्यक्ष राईद्धारा शिलान्यास

साकेला गाउँपालिकाको प्रशासकीय भवन अध्यक्ष राईद्धारा शिलान्यास



खोटाङ । खोटाङको साकेला गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी साकेला गाउँपालिकाका अध्यक्ष रवीप्रकाश राईले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो ।

संघीय सरकारको ६० प्रतिशत र साकेला गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा तीन तले बाल लैङ्गिक तथा अपाङ्ग मैत्री उक्त भवन गाउँपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार निर्माण व्यवसायीले एक वर्ष ६ महिना भित्रमा काम सम्पन्न गर्नुपर्ने साकेला गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

 

साकेला गाउँपालिका-४ मानेभन्ज्याङ्गस्थित आफ्नै स्वामित्वको जग्गामा निर्माण हुन लगेको प्रशासकीय भवनको सम्झौता भ्याटसहित सात करोड बैसठ्ठी लाख पैतिस हजार एक सय बाउन्न रुपैँया छयहत्तर पैसामा गत असार २० गते श्री मल्ल रानी /संजिव जेभीले सम्झौता गरेको थियो । सम्झौता पश्चात भवन निर्माणको कार्य अगाडी बढाएको साकेला गाउँपालिकाका इन्जिनीयर असिश राईले जानकारीदिनुभयो ।

“नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवनको महत्वपूणर् भूमिका हुन्छ । अध्यक्ष राईले भन्नुभयो, “भवन युगान्तकारी प्रशासकीय भवनकोरूपमा निर्माण हुने र यहीँबाट साकेला गाउँपालिकाको प्रशासकीय खाका कोरी समृद्धि भित्र्याउने घरकोरूपमा यो स्थापना हुने छ ।” तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनलाई अध्यक्ष राईले निर्देशनसमेत दिनुभएको छ ।

हालसम्म गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङस्थित साबिकको ईलाका कृषि तथा पशु सेव केन्द्रको संरचनामा सञ्चालन भइ रहेको गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राईले बताउनुभयो । उहाँले भन्नुभयो, “अब निर्माण हुने प्रशासकीय भवनबाट हामीले नागरिकलाई सेवा दिन सहज हुने छ ।”

यस्तै, साकेला गाउँपालिकाको नियमित हाटबजार लाग्ने स्थान मानेभञ्ज्याङमा नव-निर्मित बजारको अध्यक्ष राईले रिबन काटेर औपचारिकरूपमा उद्घाटन गर्नु भएको साकेला गाउँपालिकामा कार्यरत खरिदार सुवास राईले जानकारी दिनुभयो ।

शिल्यान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, पाँच वडाका वडा अध्यक्ष , गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न राजनितीक दलका प्रतिनिधिहरू तथा संघ-संस्थाका प्रतिनिधिहरू, निर्माण कम्पनीका प्रतिनीधि, गाउँपालिकामा कार्यरत कर्मचारीहरू र स्थानीय नागरिकहरूको उपस्थितिमा प्रशासकीय भवनको शिलान्यास गरिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार ००:००  २ : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली