११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादि केन्द्र खोटाङले निर्वाचनका लागि आकाङ्क्षी उम्मेद्वारको टुङ्गो लगायो

माओवादि केन्द्र खोटाङले निर्वाचनका लागि आकाङ्क्षी उम्मेद्वारको टुङ्गो लगायो



खोटाङ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आकाङ्क्षि उम्मेद्वारको टुङ्गो लगाएको छ । प्रत्यक्षमा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र पर्शुराम विश्वकर्माको नाम सिफारिस गरेको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा २१ र २२ गते दुई दिनगरी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगिन), हस्तबहादुर राई (आमोद), बिकास राई र सिताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।

यस्तै, प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाइएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार ००:००  ५ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली