८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढीमा पुग्यो महालेखापरीक्षकको टोली

केपिलासगढीमा पुग्यो महालेखापरीक्षकको टोली



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा महालेखापरीक्षकको टोली पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि त्यहाँ महालेखापरीक्षक टोली पुगेको हो। टोलीले बुधबारदेखि गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। महालेखापरीक्षकको कार्यालयका निर्देशक दुर्गाबहादुर बस्नेत नेतृत्वको टोलीले लेखापरीक्षण सुरु गरेको छ।

यो टोलीले हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण गरीसकेको छ।महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रमोद केसी नेतृत्वको टोलीले वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लेखापरीक्षण गरीसकेको छ।

स्थानीय तहको लेखापरीक्षण गर्नका लागि महालेखापरीक्षकको ४/४ जनाको दुई टोली १ भदौबाट जिल्ला पसेको थियो। प्रत्येक गाउँपालिका तथा नगरपालिका पुगेरै लेखापरीक्षण गरिएको लेखापरीक्षण अधिकारी डिल्ली खनालले बताए । गएका वर्षहरुमा महालेखापरीक्षकको टोली सम्बन्धित स्थानीय तहमा नपुगी आफूलाई पायक पर्ने स्थानमा कागजात झिकाएर लेखापरीक्षण गराउने गरेका थिए।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार ००:००  ४ : १० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली