५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिका: उत्कृष्ट अंकभार ल्याउने तीन विद्यालय पुरस्कृत

हलेसी तुवाचुङ नगरपालिका: उत्कृष्ट अंकभार ल्याउने तीन विद्यालय पुरस्कृत



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले तीन विद्यालयलाई पुरस्कृृत गरेको छ। शैक्षिक सत्र २०७८ को एसईई नतिजा र कक्षा १२ को नतिजा आधारमा पहिलो, दोश्रो र तेश्रो भएका विद्यालयहरुलाई नगद पुरस्कार प्रदान गरिएको हो।

५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिकाभित्रका १२ वटा माध्यामिक विद्यालय मध्येमा उत्कृष्ट अंकभार ल्याउने विद्यालयलाई पुरस्कृत गरेको नगरपालिकाले जनाएको छ। प्रथम च्यास्मिटार माविलाई नगद ५५ हजार, दोश्रो महेन्द्रोदय माविलाई ४५ हजार र तेश्रो सरस्वती मावि अर्खोलेलाई ३५ हजार पुरस्कार वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवंम् महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

पुरस्कार हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई र नगरउपप्रमुख रमेशकुमार राउतले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई प्रदान गर्नुभएको थियो।१२ वटै माविका प्रअहरुलाई राखेर एसईई नतिजा र कक्षा १२ को नतिजा तथा विद्यालयको मुल्याङकनमा एकले अर्कोलाई नम्बर दिन लगाएर उत्कृष्ट भएको विद्यालयलाई पुरस्कृत गरिएको प्रमुख र्राइले बताउनुभयो।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ००:००  ७ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली