११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो, दिक्तेल दोस्रो

वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो, दिक्तेल दोस्रो



खोटाङ, १असोज । आर्थीक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको आधारमा हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । वर्ष भरीमा पालिकामा सञ्चालित तथा सम्पादित स्वास्थ्य कार्यक्रमको आधारमा जिल्लाका दश पालिका मध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । अघिल्लो आर्थीक वर्षमा पनि हलेसी तुवाचुङ पहिलो बनेको थियो ।

जिल्लाको अर्को नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो र रावा बेसी गाउँपालिका तेस्रो बनेको छ । प्रगतीका आधारमा जिल्लाका अन्य पालिकाहरु त्यसपछि क्रमस रहेका छन् । वर्षभरी जिल्ला एवं पालिकामा सञ्चालित स्वास्थ्य सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षा गर्दै स्वास्थ्य कार्यालयले शुक्रबार कार्यक्रमको आयोजना गरेर पहिलो दोस्रो र तेस्रो हुने पालिकाहरुलाई भिक्ते घडी र प्रमाणपत्रले सम्मान गरेको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईले जानकारी दिनुभयो ।

यस्तै, स्वास्थ्यकर्मी मध्ये वर्षभरी उत्कृट कार्य गर्ने तत्कालिन हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यलाई स्वास्थ्य कार्यालयले सम्मान गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ००:००  ८ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली