८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसको सिङ्गो वडा समिती एमालेमा समाहित

नेपाली कांग्रेसको सिङ्गो वडा समिती एमालेमा समाहित



खोटाङ,२१ कात्तिक । खोटाङमा नेपाली कांग्रेसको सिङ्गो वडा समिती एमालेमा समाहित भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापती , नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा समाहित भएका हुन् ।

आइतबार बतासेमा भएको चुनावीसभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश `ख´ का उम्मेदवार भुपेन्द्र राईप्रती असन्तुष्ट जनाउँदै पुर्व कार्यवाहक सभापती वडा सदस्यका उम्मेदवार तीलककुमार राई पार्टी वडा सचिव प्रेम राई वडा सह-सचिव नारायण राई ,सुरेन्द्र भुजेल अग्रज नेता महेश्वर राई  वडा कार्यसमिती सदस्य सुनिल राई सदस्य म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई र किरण राई र जनता समाजवादी पार्टी (जसपा) का दुई जना गरी ६५ जना एकै दिन  एमालेमा प्रवेश गरेका छन्।

यस्तै, जसपा खोटाङका जिल्ला सद्सय एवम् डाँडागाउँ वडाध्यक्षका उमेदवार किशोरचन्द्र राई र जसपाका नेता साजन राई एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी वडा सभापति राई भन्नुहुन्छ, “नेपाली कांग्रेसले गरेको अन्याय र अत्याचार कै कारण म एमालेमा सम्माहित भएको हु । उहाँले भन्नुभयो, “यो निर्वाचनमा गठबन्धनलाई परास्त गर्नका लागि पनि एमालेमा प्रवेश गरेको हुँ ।  नेकपा एमाले सुर्य चिन्ह र जबज जीवनभर छोड्दैनौँ र अरुलाई पनि एमालेमा एक ढिक्का भएर लाग्न आग्रह गर्दछु।” राईले भन्नुभयो ।

नवप्रवेशिहरूलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष प्रदेशसभा `ख´ का उम्मेदवार रामप्रसाद दंगाल  जिल्ला उप-सचिव दीपनारण रिजाल सुनसरी जिल्ला कमिटी सदस्य कांसिनाथ दंगाल एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश घिमिरे लगायतले खादा माला लगाएर स्वागत गर्नुभएको थियो ।

प्रेम राई नवप्रवेशी कांग्रेसका सचिव


नवप्रवेशसिलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने उप-सचिव रिजालले बताउनुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ००:००  ९ : ०८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली