११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौगोलिक अखण्डतालाई जोगाउन (एमाले) लाई मतदान गर्नुहोस् : प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराई

भौगोलिक अखण्डतालाई जोगाउन (एमाले) लाई मतदान गर्नुहोस् : प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराई



खोटाङ,२५ कात्तिक । खोटाङबाट नेकपा(एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले नेपालको भौगोलिक अखण्डतालाई जोगाउनका लागि एमालेमा मतदान गर्नु पर्ने बताउनुभएको छ । शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा आयोजित (एमाले) को वृहत्  चुनावी आमसभालाई सम्बोधन गर्दै  उम्मेदवार भट्टराईले देशको भौगोलिक अखण्डतालाई जोगाउन एमालेलाई मतदान गर्नु पर्ने बताउनुभएको हो ।

देशको समृद्धि र विकास चाहेका छौं भने सूर्य चिन्हमा मतदान गर्नुहोस् । उम्मेदवार भट्टराईले भन्नुभयो, “एमालेका विरुद्धमा एक्ला एक्लै निर्वाचन लड्न नसकेर सबै पार्टीहरू एकजुट भएर आउनुभएको छ ।´ एमालेसँग सिङ्गल निर्वाचन लड्ने यो धर्तीमा कुनै पार्टी रहेन ।´´ आसन्न मंसिर-४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचनमा नेकपा(एमाले) का उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन भट्टराईले मदतालाई अनुरोध गर्नुभएको छ ।

एमालेले राष्ट्र निर्माण गर्न चाहान्छौँ । संसारमा गठबन्धनले राष्ट्र निर्माण गरेको इतिहास नभएको उम्मेदवार भट्टराईले बताउनुभयो । नेपालको राष्ट्रिय शक्ति र बलियो राजनीति नेकपा (एमाले) हो । उहाँले भन्नुभयो, “ गठबन्धनले हात उठाएर आत्म समर्पण गरिसक्यो, एक्लै एमालेसँग लड्न सकिदैँन । ´´

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ००:००  ३ : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली