८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका नौँ स्थानीय तहमा नमूना मतदान

खोटाङका नौँ स्थानीय तहमा नमूना मतदान



खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले जिल्लाका नौँ स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । मतदाता शिक्षा प्रभावकारी बनाउने र खसेको मत बदर हुनबाट जोगाउन निर्वाचन कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको हो ।

गत कातिक–२० गतेदेखि स्थानीय तहको केन्द्रमा पुगेर नमूना मतदान सञ्चालन गर्दै आएको छ । मतदातालाई सुसूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइपर्ने समस्या तथा चुनौति उचित विधिबाट हल गर्ने अभ्यासका रुपमा जिल्लाका दशवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान भइसकेको छ । बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा बिहीबार नमूना मतदान गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिरहेको जनाएको छ । तर, नमूना मतदानका क्रममा देखिएको बदर मतको सङ्ख्याले मतदाता शिक्षाको आवश्यकता खड्किएको देखाएको छ ।

आसन्न निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मङ्गलबारदेखि निर्वाचन सामग्रीसहितका कर्मचारी मतदान केन्द्र पठाउन शुरु गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताउनुभयो । आगामी मङ्सिर–४ गते हुने निर्वाचनमा जिल्लाका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा बाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार ५१३ मत तथा एमालेको २८ हजार ७९७ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ । यस्तै, वामलोकतान्त्रीक गठबन्धनदलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख)मा काँग्रेसका १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ००:००  ३ : ४६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली