११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : उम्मेद्वारहरुले गरे मतदान

खोटाङ : उम्मेद्वारहरुले गरे मतदान



खोटाङ । खोटाङबाट प्रतिनिधिसभा तर्फका सबै उम्मेद्वारहरुले मतदान गरेका छन् । सबै उम्मेद्वारहरुले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा (एमाले)का उम्मेद्वार विशाल भट्टराईले खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारस्थित भगवती दिननाथ माध्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले साकेला गाउँपालिका-२ साकेला माध्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का उम्मेद्वार डा. केके राईले दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरी वडाकार्यलय मतदान केन्द्रबाट मतदना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार सर्जु श्रेष्ठले दिक्तलस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ सरस्वती माध्यमिक विद्यालयको मतदान केन्द्रबाट र स्वतन्त्र उम्मेद्वार जयन्द्र कुमार राईले हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित दुर्छिम माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ००:००  १० : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली