८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टरले  बाइक उडाएपछी ……(भिडियोसहित)

हेलिकप्टरले  बाइक उडाएपछी ……(भिडियोसहित)



खोटाङ । खोटाङमा सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित हेलिप्याडग्राउण्ड छेउमा  पार्किङ गरिएको बाइक हेलिकप्टर अवतरण गर्ने क्रममा बजाज कम्पनिको एनएस २०० सिसिको मोटरसाइकल उडाएर जिल्ला समन्वय समितिको पछाडीको सडकमा झारेको हो ।

बिहिबार दिउँसो  करिव १ बजे दिक्तेलस्थित वडा–५ लफ्याङकी २१ वर्षीया इन्द्रकला राईको सुत्केरी पश्चात अत्याधिक रगत बगेपछि निशुल्क सेवा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तरगत हेलिकप्टर लिन आयो । हेलिकप्टर अवतरण गर्नेक्रममा पार्किङ गरेर राखिएको मोटरसाइकल हेलिकप्टरको हावाले उडाएको प्रत्यक्षदर्शीले बताए  ।

हेलिप्याडको छेउमा ३/४ वटा मोटरसाइकल पार्किङ गरेर राखिएको थियो । प्र-१-०५-००१ प १५२९ नम्बरको मो.सा  हेलिकप्टरले उडार करिब १५ मिटर तल झारेको थियो । मो.साको अगाडिको भाग पुर्णरुपमा क्षति भएको छ । मोटरसाइकल जिल्लास्थित साकेला गाउँपालिकाका एक व्यक्तिको रहेको पाइएको छ । भिडियो धनिराम नछुङको फेसबुकबाट

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार ००:००  ६ : ०५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली