८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐसेलुखर्कमा पालिकास्तरीय कृषि मेला प्रदर्शनी(भिडियोसहित)

ऐसेलुखर्कमा पालिकास्तरीय कृषि मेला प्रदर्शनी(भिडियोसहित)



 

पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, रु दुई हजार र रु एक हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको कृषि शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई द्धितीय र सन्तमायाँ विश्वकर्मा तृतीय हुनुभएको छ ।

दलहनतर्फ मिनबहादुर राई प्रथम, हिमकला राई द्धितीय र जमुना राई तृतीय, तेलहनतर्फ अडिमान विश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ द्धितीय र लिलादेवी राजभण्डारी तृतीय, सुन्तला जातका फलफूलतर्फ हिमकला राई प्रथम, तारासुर राई द्धितीय र दुर्गा राई तृतीय हुनुभएको छ । यस्तै, आलुतर्फ डिल्ली राजभण्डारी प्रथम, राममायाँ दाहाल द्धितीय र भूपेन्द्र राजभण्डारी तृतीय, केरातर्फ सरस्वती अधिकारी प्रथम, भद्रचन्द्र राई द्धितीय र भक्तिमायाँ राई तृतीय, किबीतर्फ अङ्गत राई प्रथम, प्रेमबहादुर राई द्धितीय र कमला राई तृतीय, निर्यात प्रवद्र्धन बालीतर्फ डिल्लीमायाँ राई प्रथम, हिमकला राई द्धितीय र नरबहादुर पराजुली तृतीय हुनुभएको छ ।

गोलभेडातर्फ कुलबहादुर राई प्रथम, डिल्लीराम लम्साल द्धितीय र दिलबहादुर राई तृतीय, काउलीतर्फ सरिता श्रेष्ठ प्रथम, निरबहादुर तामाङ द्धितीय र कैलास राई तृतीय, नगदेबालीतर्फ डिल्लीराम लम्साल प्रथम, हरिता राई द्धितीय र नविना श्रेष्ठ तृतीय हुनुभएको छ । तरकारी बालीतर्फ गोबिन्द वन प्रथम, माइते वन द्धितीय र कमला राई तृतीय, जरेबालीतर्फ मिनबहादुर राई प्रथम, राजकुमार श्रेष्ठ द्धितीय, गोबिन्द वन तृतीय, मसला बालीतर्फ कमला राई प्रथम, कर्णबहादुर राई द्धितीय र मिनबहादुर राई तृतीय, कन्दमूलतर्फ दिलबहादुर राई प्रथम, नौलसिंह खुलाल द्धितीय र विष्णुमायाँ पौडेल तृतीय, च्याउतर्फ टेकबहादुर राई प्रथम, अन्यबालीतर्फ भूपेन्द्र राजभण्डारी प्रथम, तारासुर राई द्धितीय र सुबोध विश्वकर्मा तृतीय हुनुभएको छ ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवम् बजारीकरण गर्ने, कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायिक बनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनी आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले बताउनुभयो । “कृषकले उत्पादन गरेका कृषि उपजबीचमा प्रतिष्पर्धा गराउने, कृषकलाई व्यवसायिक बन्न प्रोत्साहित गर्ने र नमूना कृषकको सिको गराउने लक्ष्यका साथ हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचारप्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वातावरण बनाउने लक्ष्य लिइएको छ ।”

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले वि.सं. २०७४ सालदेखि नै पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । ऐसेलुखर्क बजारको हटियाडाँडामा आयोजना गरिएका कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका १६१ जना कृषकले उत्पादन गरेका ४५६ कृषिजन्यवस्तु स्टलका रुपमा राखिएको थियो ।
भिडियो

टाढाटाढाबाट आएका किसानले खाद्यान्न बाली, काउली परिवारका बाली, जरे बाली, टमाटर, फर्सी, लहरे बाली, हरियो तरकारी, दलदन, सुन्तला जातको फलफूल, किबी, केरा, आलु, निर्यात प्रवद्र्धन बाली, आलु, तेलहन बाली, मसला बाली, च्याउ, कन्दमुल र विविध बाली प्रदर्शनीमा राखिएको थियो । कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बाली अन्तरगतका १७ स्टल राखिएको कृषि शाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ००:००  ६ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली