१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते

सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते



खोटाङ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल आचार्यको कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाईते भएकी हुन् ।

कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा चोट लागेका बालिकालाई उपचारका लागि काठ्माडौं लगिएको छ । सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेकोबेला कुटपिट गरेको आफन्त हिरालाल आचार्यले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पु¥याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।
घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनिताकालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए । घरमा बुवा नभएकोबेला बिनितामाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ३ : २६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली