११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना महिलाको  पाठेघरको शल्यक्रिया गरिदिने

हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना महिलाको  पाठेघरको शल्यक्रिया गरिदिने



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । गत १ माघदेखि ९ माघसम्म नगरको ११ वडामै स्वास्थ्यकर्मी पुगेर महिलाहरुको पाठेघर सम्बन्धी रोगको परीक्षण गर्दा पहिचान भएका पाठेघर खसेका महिलाहरूको निःशुल्क शल्यक्रिया गरिदिने भएको हो ।

पाठेघर खसेका ३२ जना महिलासँग नियमित सम्पर्कमा रहेर १ फागुनमा शल्यक्रिया गर्न बनेपा लगिने हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताउनुभयो । उहाँले भन्नूभयो, “महिलाहरूलाई उपचारका लागि कुन अस्पतालमा लाने  भन्ने खुल्न बाँकी छ । पाठेघर खसेका महिलाहरूको शल्यक्रिया खर्च र उनीहरूको कुरुवाको सबै खर्च नगरपालिकाले ब्यहोर्नेछ ।´´

नगरपालिकाले नौ दिन घरघरमा पुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका थिए । ति मध्येमा ३२ जनाको पाठेघर खसेकोमा शल्यक्रिया गर्नुपर्ने देखिएको हो ।

तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार)गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिईएको थियो ।

एकादुई लजाउने, धकाउने बाहेक अधिकांशले पाठेघर सम्बन्धी रोगको उपचार तथा सेवा लिएका थिए । पाठेघरमा देखिने रोगलाई कतिपय महिलाहरुको लुकाउने गर्नाले पनि शुन्यमा झार्न नसकिएको स्वास्थ्य संयोजक घिमिरेको भनाई छ । तर, पनि नगरपालिकाको प्रयास भने निरन्तर जारी रहेको उहाँको भनाई छ ।
आठ वडाका महिलाको पाठेघर खसेको पाईयो
नगरपालिकामा जम्मा ११ वडा छन् ।

बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडाका महिलाको पाठेघर खसेको पाईएको छ । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना गरी ३२ जना महिलाको पाठेघर खसेको पाईएको नगरपालिकासँग तथ्याङक छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार ००:००  ३ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली