८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडास्तरीय फुटबल प्रतियोगिता : दिक्तेल र बाक्सिला सेमिफाइनल प्रवेश

वडास्तरीय फुटबल प्रतियोगिता : दिक्तेल र बाक्सिला सेमिफाइनल प्रवेश



खोटाङ । सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगितामा दिक्तेल र बाक्सिला सेमिफाइनल प्रवेश गरेका छन् । सोल्मा स्पोर्टस् क्लबको खेलमैदान सोल्मामा भएको पहिलो खेलमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडालाई ट्राइब्रेकरमा हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमको बराबरी एक/एक गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा बाहुनीडाँडाका जर्सी नं. १५ का खेलाडी हिराजीत माझीले गोल गर्न नसक्दा दिक्तेल विजयी भएको हो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङलाई २-१ ले हराउँदै केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको बाक्सिलाले दोस्रो हाफमा पुनः अर्को गोल गर्दै जित सुनिश्चित गरेको थियो भने, बाम्राङले दोस्रो हाफपछि एक गोलमात्र फर्काएको थियो ।

क्वाटर फाइनलको तेस्रो खेल भोलि (बिहीबार) साढे १२ बजेबाट शुरु हुने आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ । पहिलो खेल आयोजक सोल्मा स्पार्टस् क्लब र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा तथा चौथो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी र खोटेहाङ गाउँपालिका-६ इन्द्रणीपोखरीबीच साढे दुई बजेबाट शुरु हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ ।

खोटाङभित्रका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी छन् । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ ।

खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । पाँच वर्षअघि सञ्चालन गरिएको प्रतियोगितामा वडा-१ दिक्तेलले उपाधि चुमेको थियो ।

प्रतियोगिताको अवसरमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूणर् खेल बराबरीमा टुङ्गिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको हो ।

सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान  मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  १२ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली