११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिका : सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङ नगरपालिका : सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने



खोटाङ।  हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभयो।

मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको नगरप्रमुख राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो आएपछि हामीले अब मापसे परिक्षण गर्ने निर्णय गरेका छौँ ।’ नगरप्रमुख राईले भन्नुभयो ।

यस्तै, सार्वजनिक ठाउँहरुमा प्राय मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेशिन खरिद गर्न लागिएको उहाँको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परिक्षण गर्ने छ । यदि मापसे गरेको पाइएमा आवश्यक कारबाहि अघि बढाइने नगरप्रमुख राईले बताउनुभयो ।नगरपालिकाले मेशिन खरिद गरे पश्चात मापसे परिक्षणका लागि प्रहरीले मुख सुँघ्नु पर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार ००:००  ९ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली