११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटना : १८ वर्षीय राईलाई थप उपचारका लागि काठमान्डौ लगियो

मोटरसाइकल दुर्घटना : १८ वर्षीय राईलाई थप उपचारका लागि काठमान्डौ लगियो



खोटाङ । एकआपसमा मोटरसाइकल ठक्कर खाई दुर्घट्ना हुँदा गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला पुईलुङका १८ वर्षीय निश्चल राईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङको काँडेस्थित सडकखण्डमा मंगलबार मध्यान्ह १२ः२५ बजे दिक्तेलबाट मुडेतर्फ जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा बा ६६ प १११४ मोटरसाइकलको पछाडी बसेका राई गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते राईको टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेको थियो । दुर्घट्ना लगत्तै दिक्तेल रत्नपार्कमा अवस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि घाईतेलाई हेलिकोप्टरमार्फत अन्नपूणर् न्युरो अस्पताल माईतीघर पठाईएको नेकपा माओवादी केन्द्रका नेता सुरेस राईले जानकारी दिए ।

निश्चल नेर्पामा बसेर कक्षा ८ को परीक्षा दिई सकेर आफन्तसँग घर जाँदै थिए । निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहंदा अर्कोपट्टीको मोटरसाइकल रङ साइडमा आएर हानेको राईले बताएका छन् । निश्चल चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए ।

दुर्घट्नामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राई मध्यम घाइते भएका छन् । उनीहरुको सदमुकाम दिक्तेबजारस्थित फेमेली केयर अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार ००:००  ७ : ३६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली