१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली वकिल बनेर ३१ लाख ठगी, एक जना पक्राउ

नक्कली वकिल बनेर ३१ लाख ठगी, एक जना पक्राउ



काठमाडौं । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोटका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।

छेडागाड नगरपालिका-१२ घर भएका उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए । उनले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । साभार-अनलाइन खबर

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार ००:००  ७ : ४२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली