५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिकामा ५ सय ११ जनाले गराए निःशूल्क स्वास्थ्य परिक्षण

रावाबेँसी गाउँपालिकामा ५ सय ११ जनाले गराए निःशूल्क स्वास्थ्य परिक्षण



खोटाङ । रावाबेँसी गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा काठमान्डौ मेडिकल कलेजको सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बुधबार गाउँपालिकाको केन्द्र हरमटारमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय ११ जना सेवाग्राहीले सेवा लिएका गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । सेवाग्राहीहरूको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको हो ।

रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । रावाबेँसी गाउँपालिकाका सबै भूगोलसँगै छिमेकी पालिका ऐँसेलुखर्क गाउँपालिकाका नागरिकलेसमेत शिविरमा स्वास्थ्य सेवा लिएका छन् ।

ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मले सेवा लिएको निःशूल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै काठमाण्डौं मेडिकल कलेजबाट आएका २६ जना चिकित्सकको टोली खटिएका थिए । सामान्य रोगको शिविरमै औषधी उपचार गरिएको र जटिल रोग देखा परेकाहरुलाई काठमाण्डौं मेडिकल कलेजमा शल्यक्रियासहितको निःशूल्क उपचार गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । काठमाडौं लगेर उपचार गर्नुपर्ने जटिल रोगहरु पहिचान भएकाहरुको अध्ययन चिकित्सकको टोलीले गरिरहेको उहाँको भनाइ छ ।

‘शिविर भन्नाले सबै रोग यहि निको हुन्छ भनेर बुझ्नु हुँदैन, यहाँ परिक्षण मात्र गरिएको हो । सामान्य रोग देखिनेहरुको यहि उपचार गरिएको छ ।’ उहाँले भन्नुभयो,‘अब जटिल रोग देखिएकाहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशूल्क उपचार हुन्छ ।’

शल्यक्रिया लगायत अस्पतालमा गरिएको उपचार निःशूल्क हुँदा बाहिर खरिद गर्ने औषधी स्वयं ब्यक्तिले गर्नु पर्ने सम्झौता भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तर काठमाडौंसम्म आवतजावत एवम् औषधि खरिद गर्न नसक्ने आर्थीक अवस्था भएकाहरुलाई गाउँपालिकाले उक्त व्यवस्था गरिदिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ००:००  ९ : ५६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली