११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा फाइनल अडिसन: दिलीप राई ‘गाउँपालिका तारा’

दिप्रुङ चुइचुम्मा फाइनल अडिसन: दिलीप राई ‘गाउँपालिका तारा’



खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दिलीप राई ‘गाउँपालिका तारा’ बनेका छन् । गायन प्रतियोगीता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को आइतबार सम्पन्न फाइनल अडिसनमा १५ प्रतिष्पर्धीलाई पछि पार्दै दिलीप ‘गाउँपालिका तारा’ बन्न सफल भएका हुन् । ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को फाइनलमा पुगेका १६ प्रतिष्पर्धीमध्ये प्रदीप राई दोश्रो र संग्राम राई तेश्रो भएका गाउँपालिकाका सुचना अधिकारी पिएस्पी चाम्लिङले बताए ।

‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा प्रथम स्थान प्राप्त गरेका दिलीपले गाउँपालिकाबाट नगद एक लाखका साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवशर पाएका छन् । यस्तै, दोश्रो स्थान प्राप्त गर्ने प्रदीप र तेश्रो स्थान प्राप्त गर्ने संग्रामले क्रमशः नगद ६० हजार र ३५ हजार ट्रफी पाएका छन् । ‘गाउँपालिका तारा’का लागि गाउँपालिकाभित्रका ३९ जनाले अडिसन दिएका थिए । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी गर्दै त्यी प्रतिभा प्रष्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका स्टारको आयोजना गरेको हो ।

गाउँपालिकाको केन्द्र याङसोलाटारमा आयोजना गरिएको फाइनल अडिसनमा चर्चित गायीका मेलिना राईले विशेष प्रस्तुतीमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’लाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘गाउँपालिका तारा सिजन–१’ २०७६ सालमा सञ्चालन गरिएको थियो ।

एकल नृत्य प्रतियोगीतामा मनिता प्रथम
यस्तै, ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’सँगै खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगीतामा मनिता राई प्रथम, मेरिना मगर दोश्रो र सुनिता राई तेश्रो भएका छन् । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका ६ जनालाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् । नृत्यमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभाले क्रमशः १० हजार ७ हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका नेता केशब कार्की, गायक तथा संगितकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायिका पार्वती राई, संगितकार विजय राई (तोरेम्पा हाङ), गायिका बबिना किराँती लगायतका कलाकारको पनि प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार ००:००  १० : ५२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली