५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : ६७ जनाको औलो परीक्षण,सबै नेगेटिभ

खोटाङ : ६७ जनाको औलो परीक्षण,सबै नेगेटिभ



खोटाङ । खोटाङमा औलो संम्भावित क्षेत्रमा औलो रोगको परीक्षण गरिएको छ । विश्व औलो दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाको खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकहरुमा औलो भए/नभएको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा सम्बन्धित नगरपालिकाको सहयोगमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको जयरामघाटस्थित दुधकोशी आधारभूत विद्यालयमा १६ जना पुरुष र २२ जना महिलाको आरडीटी प्रविधिबाट औलो परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएकोे जिल्ला स्वास्थ्य कार्यालय खोटाङका कार्यक्रम संयोजक जीवन चौलागाईले जानकारी दिए ।

जयरामघाटमा औंलो परिक्षण गर्नुअघि स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, कार्यक्रम संयोजक चौलागाई, हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, स्वास्थ्य संयोजक प्रकाश घिमिरे, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयहरुको र्‍याली निकालिएको थियो ।

औलो रोगबाट बच्ने उपायका बारेमा स्वास्थ्य कार्यालयका प्रमुख सिग्देल, कार्यक्रम संयोजक चौलागाईले स्थानीय नागरिकलाई जनचेतना दिएका थिए । साथै, बैशाख महिना खोपको महिना भएकाले १६ महिनादेखि ५९ महिनासम्मका खोप छुटेका बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप दिलाउन समेत जिल्लाबासीलाई आग्रह गरिएको थियो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाको तापाखेला आसपास साबालुङ गाउँमा १७ जना महिला र १२ जना पुरुषको औलो रोग परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए ।
‘शुन्य औलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ नाराका साथमा मंगलबार विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाईएको थियो । पोथी एनफिलिज लामखुट्टेको टोकाईबाट औलो लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ००:००  ५ : २२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली