१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीको कात्तिकेमा कपास प्रशोधन मेशिन

हलेसीको कात्तिकेमा कपास प्रशोधन मेशिन



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा-७ महादेवस्थानस्थानस्थित कात्तिकेका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण गरेको छ ।

नगरपालिकाको अनुदानमा दुई वर्ष अघिबाट व्यवसायिकरूपमा कपास खेती गर्दै आएका कात्तिकेका जुनतारा आमा समुह र गोदाबारी आमा समुहलाई १४ लाख बजेटमा खरिद गरेर ल्याइएको प्रशोधन मेशिन नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, महादेवस्थानका वडाध्यक्ष कमल गिरीले आमा समुहलाई कपास प्रशोधन गर्न सहज र सरल होस भन्ने उद्देशले हस्तान्तरण गर्नुभएको हो ।

कात्तिकेको जुनतारा आमा समुहका ३४ घर परिवार र गोदाबारी आमा समुहका २८ घर परिवाले करीव ८० रोपनी जमिनमा कपास खेती गर्दै आएका छन् । उत्पादित कपासबाट आमा समुहले सिरानी, डस्ना, सिरक, लाखबत्ती र खाडीका कपडा दौरासुरुवाल बुन्दै आए पनि कपासलाई प्रसोधन गर्नै समस्या भएपछि नगरपालिकाले प्रसोधन गर्ने मेशिन हस्तान्तरण गरेको हो ।

नगदेबालीकारूपमा कपास उत्पादन गर्दै आइरहेका यहाँका स्थानीय आमा समुहलाई नगरपालिकाले मेसिन हस्तान्तरण गरिदिँदा किसान हर्षित भएका छन्  । कपास प्रशोधन मेसिन नहुँदा हाते मेशिन (काठबाट बनाइएको औजार ) ले दैनिक एक केजि कपास छान्न कठिनाई हुने बाध्यताको अन्त्य भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईले बिरासत खबरलाई बताउनुभयो ।  प्रशोधन मेशिनबाट कपास छान्न, धागो बनाउन सहज हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार ००:००  ९ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली