११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर प्रधानाध्यापकको मृत्यु

ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर प्रधानाध्यापकको मृत्यु



खोटाङ । ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचिएर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कनेक्रममा बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाटतर्फ जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टर चढेका प्रधानाध्यापक राईको रुपसे भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुँगुरको चारो लिन सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए । कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रधानाध्यापक राईको पछाडिको पाङ्ग्राले टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो ।

कुर्लेघाटको झोलुङ्गे पुल तरेर उदयपुरको भालुखोला दोभानबाट सुँगुरलाई चारो किनेर ल्याएका प्रधानाध्यापक राई चालकछेउमा बसेका थिए । विद्यालयभन्दा केहीमाथि रहेको घर निस्कनेक्रममा प्रधानाध्यापक राई आफन्तको घरमा गफगाफ गरिरहेकोबेला बालुवा लिन गएको ट्याक्टर झरेपछि चारो दिन कुर्लेघाटतर्फ झरेका थिए ।

मृतक प्रधानाध्यापकको शव परीक्षणका लागि आज (सोमबार) जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला आफन्तले बताएका छन् । दुर्घटनामा प्रधानाध्यापक राईको मृत्यु भएपछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

ट्याक्टर दुर्घटनामा प्रधानाध्यापक राईको निधन भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । ट्याक्टर दुर्घटनामा प्रधानाध्यापक राईको असामयिक निधनमा शोक वक्तव्य जारी गरेर पठनपाठनलाई निरन्ता दिने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  १२ : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली