८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली कफि उत्पादक कृषक समुहद्धारा छिप्तिका किसानलाई २५ हजार कफिका विरुवा वितरण

हिमाली कफि उत्पादक कृषक समुहद्धारा छिप्तिका किसानलाई २५ हजार कफिका विरुवा वितरण



खोटाङ । हिमाली कफि उत्पादक कृषक समुहले वुइपाका किसानलाई कफीको विरुवा वितरण गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ वुइपास्थित छिप्तिका किसानलाई कफिका २५ हजार विरुवा निःशुल्क वितरण गरेको हो ।

आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरउपप्रमुख विशन राई वडा-१४ वुइपाका वडाध्यक्ष दिनेश राईले ६० घरधुरीलाई अरेविका जातको कफिको विरुवा किसानलाई हस्तानतरण गर्नुभएको हो । समुहले बिस हजार रुपैयाँ बराबरको कफिको बीउ काभ्रेबाट खरिद गरेर बेर्ना उत्पादन गरेको हिमाली कफि उत्पादक कृषक समुहका अध्यक्ष सुमन राईले बताउनुभयो ।

साठी घरधुरिलाई २५ हजार कफिको विरुवा वितरण गरिएको हो । किसानको माग अनुसार पाँच सय तथा दुई सयका दरले निःशुल्क विरुवा वितरण गरिएको अध्यक्ष राईले बताउनुयो । किसानलाई बाँझो जग्गामा कफिका विरुवा लगाउन उत्प्रेरित गर्ने र कफिमा आत्मनिर्भर बनाउँदै व्यवसायिक रुपमा अगाडी बढाइने छ । अध्यक्ष राईले भन्नुभयो, “वुइपामा कफिका विरुवाको माग अत्याधिक रहेको र यस पटक नपुगेकालाई अर्को लटमा उपलब्ध गराउने तयारी रहेको छ । वर्ष दिन अघिबाट स्थापना गरेको सो समुहले अझ वृहत बनाउन वडा-३ बाम्राङ वडा-१५ विजयखर्कका किसानहरुसँग सहकार्य गरिरहेको बताइएको छ ।

कफिमा व्यावसायिकरण गर्नका लागि एवम् किसानलाई हौसलाप्रदान गर्नुका साथै कफि खेतिबाट जिविकोपार्जन गर्दै समुन्नतीतर्फ लैजान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले किसानलाई आग्रह गर्नुभयो । नगरपालिकाले कृषि खेतिलाई पहिलो प्राथमिकतमा राखेर काम गरिरहेको छ । उहाँले भन्नुभयो, “किसानले कफि खेतिबाट कफि उत्पादन गर्दै यसलाई व्यावसायिकरण गर्दा नगरको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौं ।, किसानले विरुवा रोपेर मात्र हुदैन यस्लाई समय-समयमा रेखदेख गरी हुर्काउने र कफिलाई संरक्षण गर्नसमेत आग्रह गर्नुयो । बिउको प्रशोधन एवम् भण्डारणका विषयमा नगरपालिकाले दुई वर्ष भित्रमा काम गर्ने उपप्रमुख राईले प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

मध्य पहाडका ४० जिल्लाहरूमा कफी खेती गरिएको छ। केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ तर, कफि खेति खोटाङका विभिन्न ठाउँहरूमा पनि यसको विस्तार भइरहेको छ। अरेबिका जातको कफी करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कफि खेती उत्पादन हुने गरेको छ । कफी वितरण कार्यक्रमा नगरउपप्रमुख राई, वडाध्यक्ष दिनेश राई समाजसेवी राजनशेर राई,स्थानीय किसानको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार ००:००  ३ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली