११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण

अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण



खोटाङ। अपाङ्गता भएका ब्यक्तिहरुलाई कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रिया विषयमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दिक्तेलमा २ दिनसम्म सञ्चालन हुने कार्यक्रमको मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको बिध्यमान कानुनी व्यवस्था र त्यस्को कार्यान्वयनको अवस्थाको विषयमा अभिमुखीकरण गरिने बताइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा सुरु भएको कार्यक्रममा जिल्लाका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको छ । अभिमुखीकरण पश्चात अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो कानुनी अधिकार बुझ्ने र आवाज उठाउने आयोजकको विश्वास छ ।

कार्यक्रममा दश वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, महिला तथा बालबालिका शाखाहरुलाई बोलाइएको भए पनि केही पालिकाका महिला शाखाका प्रतिनिधिहरुको मात्र उपस्थिति रहेको छ । स्थानीय सरकारले ल्याउने आगामि आर्थिक वर्ष २०८०÷०८१ को बजेटले अपाङ्गता भएका ब्यक्ति पनि समेटिनु पर्ने गरी उपपमुख तथा उपाध्यक्षसहितको कार्याक्रम आयोजना गरिएको संघका जिल्ला सचिव राजान प्रसाद आचार्यले बताउनुभयो । तर, पहिलो दिन उपपमुख तथा उपाध्यक्षको उपस्थिति शुन्य रहेको छ । अब आउने स्थानीय सरकारको बजेट अपाङ्गता भएका ब्यक्तिहरुको हितमा पनि हुनु पर्ने अपाङ्ग सेवा संघको माग छ ।

कार्यक्रमको उद्घाटन गर्दै अपाङ्गता भएका ब्यक्तिहरु प्रति समाज र सरकार संवेदनशील भएर लाग्नु पर्ने समन्वय प्रमुख राईले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुको अनुपस्थितिले नराम्रो सन्देश गएको बताउदै संवेदनशील भएर लाग्न सबैमा पहल गर्ने राईको भनाइ छ ।

अपाङ्ग सेवा संघ खोटाङका अध्यक्ष जयनारायण कट्वालको अध्यक्षतामा भइरहेको कार्यक्रमको अभिमुखीकरणका लागि महासंघका केन्द्रीय सदस्य मदन बोहोरा, कोशी प्रदेश उपाध्यक्ष भिमा खतिवडा, प्रदेश सदस्य गोपालमान थापाको उपस्थिति रहेको संघका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष उमेश चन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार ००:००  ३ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली