९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याउने

एम्बुलेन्सले सुत्केरी तथा गर्भवती महिलाको हकमा भने निःशुल्क सेवा प्रदान गर्ने

हलेसी तुवाचुङ नगरपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याउने

एम्बुलेन्सले सुत्केरी तथा गर्भवती महिलाको हकमा भने निःशुल्क सेवा प्रदान गर्ने



खोटाङ,२१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरपालिकाले आगामी २७ जेठबाट २२ वटा उपकरणसहित जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

एघार वडा रहेको नगरपालिकाभित्रका विरामीहरूले स्वास्थ्य चौकी तथा जिल्ला बाहिर जाँदा महङ्गो भाडा तिरेर जानुपर्ने बाध्यताको अन्त्य गर्न सुविधायुक्त एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बीमला राईले बताउनुभयो । एम्बुलेन्सले सुत्केरी तथा गर्भवती महिलाको हकमा भने निःशुल्क सेवा प्रदान गर्ने छ । प्रमुख राईले भन्नुभयो, “अन्यका हकमा भने कार्य विधि बनाएर भाडादर निर्धारण गर्ने छौं ।’ नागरिकलाई स्वास्थ्यको हक प्रत्याभुत गर्नका लागि पनि हामिले सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न लागेका हौं ।”

नगरपालिकाका सबै वडामा एम्बुलेन्स चल्न सक्ने सडक भए पनि ति सडकहरूको स्तरोन्नती गरिदै एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रमुख राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिपियस प्रणालीमा जोडिएको एम्बुलेन्स कुन अवस्थामा र कहाँ छ भन्ने जानकारी सहजै प्राप्त हुनेछ । जिपिएसमा जडान भएपछि एम्बुलेन्सले खाली छैन् म टाढा छु भनेर बिरामीलाई झुक्याउन सक्दैन । नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ । यस्ले गर्दा एम्बुलेन्स दुरुपयोग हुन पाउँदैन । उहाँले भन्नुभयो ।

एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो ।टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनमा भएको सम्पूर्ण खर्चको विवरण एम्बुलेन्स शुभारम्भका दिन सार्वजनिक गरिने लेखा प्रमुख भीम ढकालले जानकारीदिनुभयो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालन गर्दा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ ।

यसैबीच, नगरपािलकाले सोही दिन अर्थात २७ जेठबाट स्वास्थ्य चौकी दुर्छिमलाई प्रथम विन्दु बनाएर लागू हुनेगरी स्वास्थ्य बिमा उपचारको शुभारम्भ गर्ने भएको छ । यस अघिसम्म स्वास्थ्य बिमा गराएकाले जिल्ला अस्पताल दिक्तेलमा गएर सेवा लिनुपर्ने हुन्थ्यो । अब भने, हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बिमा गरेकाले दुर्छिम स्वास्थ्य चौकीबाटै सेवा लिन सकिने नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार ००:००  ११ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली