११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्ने बराहपोखरीको सङ्कल्प

युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्ने बराहपोखरीको सङ्कल्प



खोटाङ । बराहपोखरी गाउँपालिकाले स्थानीय आर्थिक विकासका कार्यक्रममा जोड दिने १३ औँ गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेको गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख शालिकराम बञ्जराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्दै स्थानीय आर्थिक विकास गने लक्ष्य राखेको हो ।

‘कृषि, पर्यटन, प्राकृतिक सम्पदता र पूर्वाधार, समृद्ध वराहपोखरी गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित पेश गरिएको नीति तथा कार्यक्रममा युवा जनशक्तिले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै शुसासनको अनुभूति जनमानसमा पु¥याउन विद्युतीय सुशासन प्रणालीलाई ब्यापक र प्रभावकारी बनाउने नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ ।

नेपाल सरकारले १०० वटा गन्तव्यमा सूचीकृत गरेको बराह तालसमेत रहेको उक्त गाउँपालिकाले आफ्नो गाउँपालिकाले जिल्लाकै उत्कष्ट गन्तव्यको रुपमा विकास गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको रुपमा विकास गर्ने, प्रविधिमैत्री र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको पाइएको छ । रोजगारीको खोजिमा विदेश पलायन हुने युवा जनशक्तिलाई गाउँमै रोजगारीको सिर्जना गरेर उनीहरुलाई आफ्नै गाउँमा आकर्षक तरिकाले बसोबास गर्ने व्यवस्था मिलाउने गाउँपालिका प्रमुख बञ्जराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ३७ करोड ४७ लाख ५९ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घ र प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक राजश्व एवम् बैङ्क मौज्दातलाई समेत समेटेर गाउँपालिका उपप्रमुख भूवलराज राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ००:००  १० : २८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली