११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमिबगर–पञ्चमी–छितापोखरी सडकको काम गुणतस्तरहीन

लमिबगर–पञ्चमी–छितापोखरी सडकको काम गुणतस्तरहीन



खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एच.एस.एन. कन्ट्रक्सन प्रा.लि. चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरवाहीका कारण सो सडकको तीन दशमलव ३६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो ।

निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका प्रमुख लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थलमा पुगेको थियो । सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि आफूहरुले ड्रेन (नाली) भत्काएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । “गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ । अहिले काम रोकिएको छ ।”

सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयवासीको गुनासो छ । ठेकेदार कम्पनीले रु ४३ लाख ९९ हजार ९६१ को लागतमा वि.सं. २०७९ माघ–५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी वि.सं. २०७९ जेठ–२ सम्झौता गरेको थियो ।

भिडियो

https://fb.watch/lqssCQHqGE/

सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्त गतिमा अगाडि बढाएको थियो । सुस्त गतिमा निर्माण गरिरहेको कम्पनीले तोकिएको समयमा सडक निर्माण सम्पन्न नगरर्नुका साथै विभिन्न बहाना बनाएर म्याद थप अनुमति लिएर काम गरेको थियो । तर, एक पटक थप भएको म्याद पनि गत जेठ मसान्तमा सकिसकेको छ ।

निर्माणाधीन सडकको अन्य काम भने मापदण्ड अनुसार नै भए पनि नाली निर्माणमा प्रयोग भएको बालुवा खसुरो हुनुपर्नेमा कोशीको मसिनो बालुवा प्रयोग गरेको पाइएको छ । सिमेन्ट र बालुवाको मात्र नमिलाई काम गरेकाले गुणस्तरहीन भएको इन्जिनियर यादवले जानकारी दिनुभयो ।

सडक निर्माणको काम हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडक गाउँपालिकाको लगानीमा ग्राभेल गर्नेगरी बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ००:००  ४ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली