११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा अस्पतालसहित ७ वटा स्वास्थ्य भवन निर्माण, ४ वडा सडक स्तरोन्नति

खोटाङमा अस्पतालसहित ७ वटा स्वास्थ्य भवन निर्माण, ४ वडा सडक स्तरोन्नति



खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पताल सहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ। आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिव २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरण पुर्‍याएको छ। आयोजनाले सो भवन निर्माण कार्य आगामि आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको जनाइएको छ।

यसै आर्थिक वर्षभित्र आयोजनाले तीन वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ। केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐंसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको आयोजनाका खोटाङका साइट इन्जिनियर शुसिलकुमार चौधरीले जानकारी दिए ।

ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको चौधरीको भनाई छ।जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ।

यस्तै, सडकतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा मिलनचोक देखी सिरवास–मेवाखोलासम्मको सडक निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्था छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै पाथेका–चिमचिमादेखी सिरुवास सडक स्तरोन्नति, हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित डाँडागाँउ–लक्ष्मी मावि हुँदै घोपाटार–माझीगाँउ जोड्ने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाको भनाई छ।

हलेसी तुवाचुङ नगरपालिका बडहरेस्थित बुद्धेखोला हुँदै लेक–बुङ्देल–बोझे जोड्ने सडक स्तरोन्नतिको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम धमाधम भइरहेको छ ।सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख डा.युवराज पौडेलले खोटाङमा संचालित योजनाको प्रगति उल्लेखीय भएको बताएका छन्। ‘हामीले यस आर्थिक वर्षमा खोटाङमा ११ वटा योजना संचालन गरेका थियौं ।

धेरैजसो सम्पन्न भइसके र बाँकी रहेका केही योजना यसै आर्थिक वषैभित्र सम्पन्न गर्छौ र केही योजना आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका छौं पौडेलको भनाई छ।

विकासका काममा आलटाल गर्ने कुरामा कसैसँग ‘कम्परमाइज’ हुँदैन। कामको जिम्मा लिने निर्माण कम्पनीले काम तिव्ररुपमा र गुणस्तरीय गर्नुपर्छ भनेर ताकेतासँगै अनुगमन पनि हामीले निरन्तर गरिहेका छौं, पौडेल भने । बाँकी रहेका योजनाको पनि ७० प्रतिशत भन्दा माथि काम सम्पन्न भइसकेको अवस्था रहेको उनले जानकारी दिए। उनले भने, ‘सुविधा सम्पन्नयुक्त जिल्ला अस्पतालको भवन निर्माण कार्य पनि तिव्रगतिमा निर्माण भइरहेको छ।’

जिल्लामा गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको भनाई छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला आयुर्वेद कार्यालय हुँदै भुते जोड्ने सडक, दोर्पा–दुम्ली सडक, हाटडाँडा काफ्ले गाउँ सडक, जन्तेढुंगा गाउँपालिकाको वोपुङ–डुम्रीबोटे हुँदै बंसिलाघाट जोड्ने सडक स्तारोन्नतिको काम धमाधम अवस्थामा रहेको आयोजनाको दावी छ।

गत आर्थिक वर्षका अन्य योजनाको पनि काम भइरहेको र चाँडै सम्पन्न गर्नमा ध्यान दिईएको आयोजनाले बताएको छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार ००:००  ७ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली