११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्धारण गरे अनुसार नै एम्बुलेन्स भाडा लिएको हो:हलेसी तुवाचुङ नगरपालिका

निर्धारण गरे अनुसार नै एम्बुलेन्स भाडा लिएको हो:हलेसी तुवाचुङ नगरपालिका



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सले ‘नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति’ले निर्धारण गरे अनुसार शुल्क(भाडा)लिएको नगरपालिकाले जनाएको छ ।

गत १२ असारमा लडेर गम्भीर घाइते भएकी एकजना महिला बिरामी नगर अस्पताल दुर्छिम–बाहुनीडाँडा–सिमालचौर हुँदै काठमाण्डौ पुगेको भाडा २१ हजार १०० लिएको भन्दै आईतबार सामाजिक सञ्जालमा रसिदसहित एम्बुलेन्सको भाडा महंगो भएको भन्दै विरोध भएको थियो ।

सोमबार नगरपालिकाले विज्ञप्ति जारी गर्दै एम्बुलेन्सले ‘नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति’ले निर्धारण गरे अनुसार भाडा लिएको प्रष्ट पारेको हो ।‘नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति’को २६ जेठको निर्णय बमोजिम नगर अस्पताल दुर्छिमदेखी काठमाण्डौसम्म १६ हजार, नगरपालिकाको एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० को दफा ८ विविध(६) अनुसार(स्वास्थ्यकर्मीसहित जिल्ला बाहिरको अस्पतालमा विरामी लानु परेमा निर्धारण गरिएको एम्बुलेन्स सेवा शुल्कमा १० प्रतिशत शुल्क थप लाग्ने) नियम अनुसार १ हजार ६ सय, नगर अस्पतालदेखी बाहुनीडाँडा वडा कार्यालय भन्दा भित्री अन्य क्षेत्रसम्म आवतजावत शुल्क ६ हजार भएता पनि एम्बुलेन्स नगर अस्पतालतर्फ नफर्कीकन बाहुनीडाँडा सिमालचौर हुँदै काठमाण्डौ गएकाले उक्त शुल्कबाट २ हजार ५०० घटाई ३ हजार ५०० मात्र गरी एकमुष्ट २१ हजार १०० भाडा लिएको नगर प्रवक्ता कमल गिरीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

नगरपालिकाद्धारा सञ्चालनमा आएको एम्बुलेन्स सेवाले हालसम्म ४ जना गर्भवतीहरुलाई सम्बन्धित स्वास्थ्य संस्था र वर्थिङ सेन्टरको सिफारिसमा निशुल्क सेवा उपलब्ध गराईएको तथा बेवारिसे र अभिभावक विहिन व्यक्तिहरुलाई निशुल्क सेवा उपलब्ध गराईरहेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले विज्ञप्तिमार्फत नगरको विषयमा केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरुले गरेको पोष्ट र त्यसमा गरिएका टिका÷टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कपोकल्पित, भ्रामक र नगरपालिकाको प्रतिष्ठामा आँच पु¥याउने अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न, पोष्ट गर्नलाई अभिप्रेरित नगर्न सबैलाई अनुरोध गर्दछौ । नगरपालिकाले गरेका काम–कारवाही वा अन्य विषयमा कुनै शंका लागेमा वा जानकारी चाहिएमा जिम्मेवार व्यक्तिसँग बुझ्न हुन अनुरोध छ ।’

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार ००:००  ३ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली