१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा



काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले लगभग सबै तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार आजै नतिजा आउने सम्भवना भने कम छ। भोलि या पर्सिसम्म नतिजा प्रकाशन हुने उहाँले जानकारी दिए। बोर्डले आज परिक्षाको नतिजा हेर्न सकिने वेवसाइटबारे सुचना जारी गर्दै जानकारी गराएको छ।

बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्। जसमा १४ वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ।

नेपाल टेलिकमको एसएमएस, आइभिआरमा १६०० मा डायल गरी नतिजा हेर्न सकिनेछ। एसइईको नतिजा पूरानै पद्धती अनुसार हुने भएको छ।

गत चैत १७ गते सुरु भएको एसइई परीक्षामा देशभरका ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ९ : २४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली