११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल तरुण दल खोटाङको अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष राईलाई

नेपाल तरुण दल खोटाङको अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष राईलाई



खोटाङ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल जिल्ला कार्यसमिति खोटाङको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष काजीमान राईले पाउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका जिल्ला अध्यक्ष भिषण राईलाई विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिमा मनोनयन गरेपछि काजीमानले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।

तरुण दलको विधान संशोधन र परिमार्जित विधान २०१०, २०५५, २०५८, २०६१, २०६४ र २०६५ बमोजिम तरुण दल खोटाङको सङ्गठन निर्माणदेखि सम्पूर्ण काम, कर्तव्य गर्नेगरी काजीमानलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको पत्रमा भनिएको छ । जननायक विपी कोईरालाको ४१ औँ स्मृति दिवसको अवसरमा विपी स्मृति भवन दिक्तेलमा शनिबार आयोजित सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य भिषणले काजीमानलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गर्नुभएको हो ।

तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिमा भिषणसहित, जयकुमार तामाङ, रोजन राई, सञ्जयकुमार राई, सचिन्द्रसिं ठकुरी र दिनेश राई मनोनित हुनुभएको थियो । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका काजीमानलाई काँग्रेस खोटाङका उपसभापति इवन राई, सचिव समिर राई, महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, शहरमान राई, डिल्लीकुमारी आचार्य, काँग्रेस जिल्ला सदस्य नवराज राई, अनुस्का बस्नेत, उमेशचन्द्र आचार्य, महेश रेग्मी, प्रदेश ‘क’ सभापति राजेन्द्र राई, प्रदेश ‘ख’ सभापति दिनेश घिमिरे लगायतले बधाई तथा शुभकामना दिनुभएको छ ।

यसैबीच, आजै नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिवासन राईले पाउनुभएको छ । नगर समिति अध्यक्ष सूचन राईले दिवासनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ८ : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली