११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढीको लोकप्रिय काम : तोरी खेती गर्ने किसानलाई अनुदान बापतको रकम वितरण शुरु

केपिलासगढीको लोकप्रिय काम : तोरी खेती गर्ने किसानलाई अनुदान बापतको रकम वितरण शुरु



खोटाङ । केपिलासगढी गाउँपालिकाले व्यवसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउने काम शुरु गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रम अन्तरगत गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्याङ्कन गरेर अनुदान बापतको रकम उपलब्ध गराउने काम शुरु गरेको हो ।

गाउँपालिकाले वडा-१ फेदीका २७ जना किसानका लागि एक लाख ३२ हजार २५०, खार्ताम्छाका २८ जना किसानका लागि  एक लाख ३४ हजार २५० र बास्पानीका ४५ जना किसानका लागि  एक लाख ६६ हजार ५०० वितरण गरेको जनाइएको छ । फेदीबाट शुरु गरिएको अनुदान बापतको रकम वितरण अभियान सबै वडामा पुगेर सम्बन्धित किसानको हातमा पुर्‍याउने गाउँपालिका प्रमुख समीर राईले बताउनुभयो ।

व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको हो। प्रमुख राईले भन्नुभयो, “किसानलाई व्यवसायिक रुपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम अघि सारिएको हो ।”

गाउँपालिकाको गौरवको योजनाका रूपमा ल्याइएको तोरी खेती प्रवद्र्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख राईले जानकारीदिनुभयो ।

गाउँपालिकाको अनुदान पाउन किसानले कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने छ वा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ००:००  ७ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली