११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला कारागार खाँदबारी: मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझेनन्

जिल्ला कारागार खाँदबारी: मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझेनन्



खोटाङ । संखुवासभास्थित जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझेका छैनन्। उनीहरुको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन्।

कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षीय आकास बलामीको बुधबार बिहान उचारका क्रमम मृत्यु भएको थियो।

कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायवउपरीक्षक  वीरेन्द्र गोदारले बताउनुभयो ।

भाग्नलाई राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ।

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले पनि प्रहरीले कुटेर कैदीलाई मारेको बताइरहेका छन्।

प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। सुरक्षा घेराभित्र कारागारमा बसेका आफूहरू प्रहरीबाटै असुरक्षित बन्नु परेको गुनासो उनीहरूको छ।

दोषी प्रहरी माथि कारबाही हुनुपर्ने माग राखेर कैदीबन्दीले सुरक्षाकर्मीमाथि लक्षित गर्दै कारागार भित्रबाट ढुंगा प्रहार गरेका थिए। सुरक्षामा खटिएका प्रहरीमाथि नै कैदी मारेको आरोप लागेपछि र कारागारभित्र कैदीबन्दीबीच झडप भएको पुष्टि हुन नसकेपछि शंकास्पद घटनाले अर्को रूप लिएको छ। कारागारको शौचालयको रड काटेर भाग्न खोजेको भन्दै सादा पोशाकमा चार/पाँचजनाको संख्यामा रहेका प्रहरीले दुईजनालाई कारागारको कम्पाउण्डभित्रै बुधबार राति निर्घात कुटपिट गरेको अन्य कैदीबन्दीको आरोप छ।

कैदीको मृत्यु भएपछि कारागारको अन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए।

कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि ९ जनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको जेलर घिमिरेले बताए।

अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो। दुवैजना १ वर्षदेखि कारागारमा थिए।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  १० : ४२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली