५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिका : राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसा

रावाबेँसी गाउँपालिका : राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसा



खोटाङ । रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।

गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा १७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिनुभयो । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्ष्यित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । “धागो कात्ने सामग्री ९चर्खा० बनाउने सीपको अभावले कतिपय महिलाहरु पेशा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ ।”, उहाँले भन्नुभयो, राडीपाखी सम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविको पार्जनमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

दश स्थानीय तह रहेको जिल्लामा विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेशा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन्।

जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिला लगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको खाडीपाखी बुन्ने पेशा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेशाको रुपमा चिन्ने गरिन्छ ।

जिल्लामा उत्पादित अधिकांश खाडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौँ लगायतका ठाउँहरुमा नि¥यात हुने गरेको छ । जिल्लाका महिलाहरुले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवद्र्धन गर्न पछिल्लो समय स्थानीय तहहरुले सहयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ७ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली