११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संरक्षकबाटै बलात्कार

संरक्षकबाटै बलात्कार



इलाम । भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ ग¥यो । ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि हजुरबुबालाई पक्राउ गरिएको थियो । गत वर्ष एक वालिकाको आफ्नै सौत्याने बुबाले बलात्कार गरी गर्भवती बनाए । ११ वर्षकी उक्त बालिका गर्भवती भएको तीन महिनामा बुबाबाट गर्भवती भएको पुष्टि भयो । बुबा अहिले सम्म फरार छन् । बालीकाका आफ्नै बुबा कहाँ छन् भन्ने अहिले सम्म थाहा हुन सकेको छैन । बालिकाकी आमाले दोस्रो विवाह गरिन ।

विवाह गरेको केही समयपछि सुत्केरी भइन । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौत्याने बुबाले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन । गत चैत्र २० गते १५ वर्षकी बालिकालाई घरमा कोही नभएको मौका पारी करणी गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ ग¥यो ।

पीडित बालिकाको आमाको भाइको छोराले घरमा कोही नभएको बेला करणी गरेको भन्दै जाहेरी परेको थियो । पीडित कानुनी कारबाहीमा छ ।गत पुस १७ गते १३ वर्षकी बालिकालाई फकाई फुल्याई पाँच सय रुपैयाँ दिएर करणी गरेको र २५ हप्ताको गर्भ भएपछि प्रहरीले पक्राउ ग¥यो । विभिन्न प्रलोभनमा पारि आफ्नै घरमा बोलाएर करणी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गत वर्ष १५ वर्षीय एक बालिका बलात्कृत भइन । उनी कोबाट बलात्कृत भइन भन्ने खुल्न सकेन । अपरिचित व्यातिबाट बलात्कृत उक्त बालिका बुबा र आम बिचको सम्बन्ध समेत राम्रो नभएको अनुसन्धानले देखाएको छ । १४ वर्षकी एक बालिका चार वर्ष देखि जबरजस्ती करणीको सिकार बनिन ।

गत वर्ष भदौ २३ गते दुई जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । दुवैले १४ वर्षीय र १३ वर्षीय वालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । एक वर्ष अघि भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षका वृद्धलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको थियो । करणी गरेको आरोपका केही अभियुक्त अझै पनि फरारमा छन् भने धेरै कानुनको सजाय भोगिरहेका छन् ।

यो खबर आजकाे राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ७ : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली