५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी : राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गर्ने कार्यक्रम सम्पन्न

रावाबेँसी : राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गर्ने कार्यक्रम सम्पन्न



खोटाङ ।  रावाबेँसी गाउँपालिकाले राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायीलाई आवश्यक सामाग्री चर्खा र कोरेसो गाउँपालिकाले प्रदान गरेको हो ।

गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे ,४ डुम्रेधारापानी , ५ दुवेकोल र ६ हौंचुरका गुरुङ, केहि भुजेल समुदायले यो पेशा गर्दै आएका छन् । गुरुङहरुको पुर्खोली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यवसायीक विकासमा थप टेवा पुर्याउन, लोप हुन नदिन आवश्यक सामाग्री प्रदान गरिएको  छ । बुधबार वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको हौंचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो ।

शुक्रवार वडा नम्बर -४ डुम्रेधारापानी वडा नम्बर -५ दुवेकोलमा सोही सामाग्री वितरण गरिएको वडा ५ का वडा अध्यक्ष मनकुमार गुरुङले बताउनुभयो ।गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताउनुभयो । जसमध्ये वडा १ का महिलाहरुलाई ५ थान   चर्खा, १२ थान कोरेसो वडा ४ लाई ६ थान चर्खा, १२ थान कोरेसो, ५ नम्बरलाई ९ थान चर्खा,  २६ थान कोरेसो  र वडा नम्बर ६ का महिलाहरुलाई ३० थान चर्खा, ४३ थान कोरेसो वितरण गरिएको हो ।

भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित  गर्दै चर्खा र कोरेसो वितरण गरिएको उहाँको भनाइ छ यश पेशामा उत्कृष्ट कार्य गर्ने आगामी कार्यक्रममा पुरस्कृत गरिने र राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलब्ध गराइने उपाध्यक्ष  गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ६ : ३३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली