११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिराटनगरमा १३ वर्षीया बालिकाले छोरा जन्माएपछी …….

बिराटनगरमा १३ वर्षीया बालिकाले छोरा जन्माएपछी …….



बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा १३ वर्षीया एक बालिकाले छोरा जन्माएकी छिन् । भदौ १२ गते मंगलबार बालिकाले पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले अस्पताल लगेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता लागेको थियो ।

१६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गर्दा ८ महिनाअघि गर्भवती भएकी बालिकाले बुधबार बिहान स्वस्थ पुत्रलाई जन्म दिएकी छिन् । अस्पताल भर्ना भए पनि उनले ‘नर्मल डेलिभरी’मार्फत बच्चा जन्माएकी हुन् ।

उनले २ किलो ७ सय ग्रामको बच्चा (छोरा) जन्माएको बताउँदै डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट गत पुसमा बालबालिकाबिच शारीरिक सम्पर्क भएको खुलेको छ । बालकलाई ‘बाल निगरानी कक्ष’मा राखी घटनाको अनुसन्धान थालेका छौं ।’

बालिकाका अभिभावकले बालकविरुद्ध बालबिज्झ्याइँअन्तर्गत जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेको डिएसपी दाहालले बताए । उनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ । बलात्कारमा बालक नै संलग्न रहेको पाइएको हो । लामो समयदेखि बालिकाको महिनावारी रोकिएको र उनी गर्भवती भएको कुरा एक्कासि पेट दुखेर अस्पताल लगेपछि मात्रै थाहा पाएको अभिभावकलाई उद्धृत गर्दै डिएसपी दाहालले बताए ।

यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ७ : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली