११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजापानीमा बाघले एकैदिन एक गाईसहित दुई बाख्रा खायो

राजापानीमा बाघले एकैदिन एक गाईसहित दुई बाख्रा खायो



खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघले एकै दिन तीन वटा पशुचौपाया मारेको छ । बुधबार बेलुकी ५ बजेको समयमा स्थानीय टुर्सिउ  जंगलबाट चराएर घर फर्काउदै गर्दा बाटैमा बाघले तीन पशुचौपाया मारेको स्थानीय सुवास कार्कीले बताउनुभयो ।

बाघले स्थानीय फडिन्द्र कट्वालको दुई ओटा बाख्रा र कार्कीको एउटा कोरलो गाई  खाएको बताइएको छ ।  बाख्राको केही भाग खाएर गाई खादै गर्दा कार्की लगायतले बाघलाई भेटेका थिए ।  कार्कीका अनुसार गाई मारेर खादै गरेको बाघले मान्छेलाईसमेत झम्टिन खोजेको थियो ।  तर, हामी चार जना भएकाले बाघले मान्छेलाई केही गर्न सकेन बाघ आफैं फर्कियो ।´

गए राती बाघ गाउँमा पसेको थियो । गाउँमा केही बिगार गरेन हामिले भगायौ । कार्कीले भन्नुभयो,“ दिउँसै पशुचौपाय खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ ।´´

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ७ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली