५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल नगर : दुई बसपार्क र सडकको अनुगमन

दिक्तेल नगर : दुई बसपार्क र सडकको अनुगमन



खोटाङ । जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सदरमुकाम दिक्तेलबजारमा रहेका दुई बसपार्क तथा बसपार्कसम्म जाने सडकको अनुगमन गरेको छ।

दिक्तेलबजारको सडकको दाँयाबाँया अव्यवस्थितरुपमा सवारी ठुला तथा साना सवारी साधन पार्किङ गरेको पाइएकोले सडक दुर्घटनाजोखिम नियन्त्रण गर्नका लागि नगरपालिकाको अगुवाईमा अनुगमन गरिएको हो । साना तथा ठूला सवारी साधनलाई सोल्मा र आचार्य गाउँ बसपार्क लैजान भन्दा यातायात व्यवसायीले बसपार्क व्यवस्थित नभएको र त्यहाँसम्म जाने सडक नबनाएको भन्दै बस,जिप नलगेपछि रत्नपार्क जिरोप्वइन्टबाट गाडी चढेरै दुई बसपार्क र सडकको स्थलगत अनुगमन गरिएको हो ।

रत्नपार्क जिरोप्वइन्टबाट बा ३ ख १०४३ नम्बरको यात्रुबहाक बसमा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विशन राई, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल नम्बर ७ हलेसीका गुल्मपति कृष्ण बहादुर बम, ट्राफिक प्रहरी प्रमुख हिमाल पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्य, दिक्तेलका वडाध्यक्ष नवराज राई, यातायात व्यवसायी लगायतले गाडीबाट गएर सडकसँगै बसपार्कको अनुगमन र निरीक्षण गरेका हुन् ।

सुरुवातमा सोल्मा बसपार्क अनुगमन गरिएको थियो । सरोकारवालालाई लिएर सोल्मा बसपार्क पुगेको गाडीले सडक साँघुरो भएपछि मोड्न नपुगेर मध्यपहाडी हाइवेमा ब्याग गरेर बसपार्कमा बस झारेका थिए ।

त्यहाँ बसर्पाकमा सजिलैसँग पार्किङ गर्न सकिने र शौचालय सफा गरेर सञ्चालन गर्न सकिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

आचार्य गाउँ बसपार्क जाने बाटो ठाउँठाउँमा बिग्रेको तर, जानै नसक्ने भने नरहेको मेयर भट्टराईले बताए । सडक कहाँ-कहाँ बनाउनुपर्ने भनेर चालकसँग बुझेका छौ । सवारी साधनलाई सहज ढंगले आवातजावत गर्नलाई भोलीबाटै निर्माण थालानी गर्छौ ।

आचार्य गाउँ बसर्पाकमा शौचालय पनि छ । प्रहरी नबसेपछि प्रहरी विट भने भत्किएको पाईयो । स्थानीयले प्रहरीलाई बस्न कोठा दिने पनि भनेका छन् । तर, प्रहरीका लागि नगरपालिकाले प्रशासनलाई माग गरेपछि निणर्य गरेर पठाउने प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । मेयर भट्टराईले भने ।

सार्वजनिक बाटोको अवस्था बुझ्न र गाडीलाई साँच्चिकै जानआउनमा समस्या छ भनेर सरोकारवालासँगै गाडी चढेरै सडक र बसपार्कको अनुगमन गरिएको मेयर भट्टराईले बताए ।

खोटाङको सदरमुकाम दिक्तेलबजारका दुईवटा बसपार्कमा बस तथा जीप अनिवार्य पार्किङ गर्नुपर्ने निणर्य भएको छ ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा गत मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कुनै पनि सार्वजनिक तथा निजी सवारी साधनहरु(ठूला, मझौला र साना) सडकमा पार्किङ नगरी बसपार्कमा अनिवार्य पार्किङ गर्नुपर्ने निणर्य गरिसकेको छ ।

लामो दुरीका सवारी साधनहरु आचार्य गाउँ बसपार्क र छोटो दुरीका सवारी साधनहरु सोल्मा बसपार्कमा तीन दिनभित्र पार्किङ गर्नुपर्ने निणर्य गरेको हो । निणर्य भएसँगै साना तथा ठूला सवारी साधन बाम्राङको रमितेडाँडादेखि अल्छेढुंगासम्म र जिरोप्वइन्टबाट भानुचोकका सडकमा पार्किङ गरेको देखिन्दन । यद्यपी, बसर्पाकमा भने साना तथा ठूला कुनै सवारी पुगेको छैन । यातायात व्यवसायीले सवारी साधन कहाँ लगेर राख्न थाले भन्ने चासो बढीरहेको छ ।

यसैविच, दिक्तेलका वडाध्यक्ष नवराज राईको संयोजकत्वमा बनेको कार्यदलले पनि प्रायः दैनिक रुपमा सवारी साधन बसपार्कमा लगे/नलगेको, अव्यवस्थित रुपमा सडकमा पार्किङ गरे/नगरेको अनुगमन गर्दै यात्रु चढाउने र ओराल्ने उचित स्थानको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ००:००  १० : ०५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली