५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिना दिनमा पनि बनेन राष्ट्रिय वाणिज्य बैङ्क दिक्तेल शाखाको एटीएम

महिना दिनमा पनि बनेन राष्ट्रिय वाणिज्य बैङ्क दिक्तेल शाखाको एटीएम



खोटाङ । राष्ट्रिय वाणिज्य बैङ्क  दिक्तेल शाखाको एटीएम  मेसिन  बिग्रदा सेवाग्राही मर्कामा परेका छन् । महिना दिन अघिबाट बिग्रिएको एटीएम मेसिन पटक–पटक मर्मत गर्दा नबनेपछि सेवाग्राहीले सेवालिनबाट बिञ्चित भएका हुन ।

एटीएमबाट रकम झिक्न आएका ग्राहक मेसिन नै सञ्चालनमा नआएपछी अन्य बैङ्कको एटीएम मेसिन प्रयोग गर्न बाध्य छन् । एटीएम कार्डमार्फत अन्य बैङ्कमा रकम निकाल्दा प्रतिपटक १५ रुपैयाँदेखि २० रुपैयाँसम्म सेवा शुल्क लाग्ने गरेको छ ।

महिना दिनअघिबाट बिग्रिएको एटीएम मेसिन छ पटक इन्जिनियर बोलाएर बनाउँन लगाउँदा पनि बन्न नसेको राष्ट्रिय वाणिज्य बैङ्क दिक्तेल शाखा प्रवन्धक रामकुमार आचार्यले बताउनुभयो । एटीएम मेसिन मर्मत गर्नका लागि आज इन्जिनियरहरुको टोलि आइसकेको छ ।प्रवन्धक आचार्यले भन्नुभयो, “उहाँहरुले एटीएम मेसिन शनिबार बन्छ भन्नुभएको छ । चाडपर्व पनि नजिकै आईसक्यो । ‘यदि भोली पनि एटीएम नबनेमा मुडेस्थित आर्मी व्यारेकमा राखिएको  एटीएम मेसिन दिक्तेलमा ल्याएर राख्छौ ।’ त्यसो गर्दा ग्राहकलाई दुख हुँदैन । अन्यत्र जानू पर्दैन ।”

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली