८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल नगर: आजबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कला प्रदर्शनी–२०८०’ शुरु हुँदै

दिक्तेल नगर: आजबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कला प्रदर्शनी–२०८०’ शुरु हुँदै



खोटाङ । दिक्तेल बजारमा आजबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ शुरु हुदैछ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले असोज–१७ गतेदेखि २१ गतेसम्म हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकारको सहभागिता रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिने पाँच दिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनी कार्यक्रम अन्तरगत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा आउने चित्रकार, अथिति लगायतलाई स्वागत गर्न दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्धार तयार पारिएको छ भने बजार तथा सडक सरसफाइ गरेर सजाइएका छन् । महुरेगढीमा नेपाली सेनाको एक टुकडीले नृत्यमार्फत स्वागत गरेपछि चित्रकार तथा अथितिलाई बजार परिक्रमा गराइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ००:००  १० : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली