८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटा हेलिकोप्टर लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण

सातवटा हेलिकोप्टर लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण



खोटाङ ।  काठमाडौँबाट सोलुखुम्बुका लागि उडेका सातवटा हेलिकोप्टर खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण शुक्रबार बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सातवटा हेलिकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि सातवटै हेलिकोप्टर गन्तव्यतर्फ उडेको स्थानीय बासिन्दाले जनाएका छन् ।

टुरिष्ट (पर्यटक) बोकेको हेलिकोप्टर लुक्लामा ल्याण्ड (अवतरण) हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । वि.सं. २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामा आवतजावत गर्ने हेलिकोप्टरले आकस्मिक अवतरण गर्दै आएको छ ।

जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएपनि अहिलेसम्म हवाईजहाज उडान तथा अवतरण भएको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ ।

स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर वि.सं.२०२६ सालदेखि निर्माण शुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि वि.सं. २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो । अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको लामीडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।

वि.सं. २०२८ सालदेखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दाँया÷बाँया २८÷२८ मिटर कालोपत्र गरिएको गरिएको छ । ५२० मिटर लम्बाई र २० मिटर चौडाई रहेको विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ४ : २१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली