८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानभासमा लाइभ चित्र कोर्दे स्वदेशी तथा विदेशी चित्रकाररू (फोटो फिचर)

क्यानभासमा लाइभ चित्र कोर्दे स्वदेशी तथा विदेशी चित्रकाररू (फोटो फिचर)



खोटाङ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकारले शुक्रबार दिक्तेलका विभिन्न ठाउँमा क्यानभासमा लाइभ चित्र कोरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारले क्यानभासमा लाइभ चित्र कोरिरहेका हुन् ।

असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकारहरुले सोल्माको शुभद्रा मदन फाण्डेसन, रत्नपार्क, हेलीप्याड, हाटडाँडा, कालिका भगवती मन्दिर, मझुवागढी क्षेत्रमा क्यानभासमा लाइभ चित्र बनाइरहेका हुन् ।

तस्वीर : डार्विन चाम्लिङ
तस्वीर : डार्विन चाम्लिङ

चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ ।

तस्वीर : डार्विन चाम्लिङ

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ६ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली