८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिका :स्थानीय आमा समुहले सरसफाई गरे घोरेटो बाटो

साकेला गाउँपालिका :स्थानीय आमा समुहले सरसफाई गरे घोरेटो बाटो



खोटाङ । फोहोरमैलाको दिगो व्यवस्थापन गरि साकेला गाउँपालिकालाई ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने अभियानलाई यतिबेला टोल-टोलबाट नागरिकहरु सक्रिय भएर साथ दिईरहेका छन् । गाउँपालिकाको विभिन्न वडाका संघसंस्थाको सक्रियतामा टोल तथा बजार पुग्ने सडक, गोरेटो बाटो लगायत सार्वजनिक स्थलहरुको सरसफाई तिव्र गतिमा भईरहेको छ ।

शुक्रबार साकेला गाउँपालिकाको वडा नं.-२ रतन्छा त साकेला थान, पार्क तथा उक्त पार्क हुँदै महिला एकता मञ्च सम्म पुग्ने करीव ५ किलोमिटर गोरेटो बाटो स्थानीय आमा समूहका पदाधिकारीहरुले सरसफाई गरेका छन् । वडास्थित पूर्ण सरसफाई कार्यक्रमको सक्रियतामा स्थानीय लालिगुराँस स्वास्थ्य आमा समूहले साविक रतन्छा-९ मा पर्ने उक्त गोरेटो बाटो सरसफाई गरेको हो । नेपालीहरुको महान चाडहरु दशैं तिहार लगायतका चाडवाड नजिकिँदै गर्दा टोल-टोलमा गठीत आमा समूह लगायतका संघसंस्थाहरुले बाटोघाटो, सार्वजनिकस्थल, पुलपुलेसा सरसफाई गर्ने कार्यलाई अघि बढाईरहेका छन् ।

यसैबीच, गाउँपालिकाको वडा नम्बर-२ रतन्छास्थित धिकुर्तुङहुँदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने गोरेटो बाटो पनि स्थानीय आमा समूह तथा टोल विकास संस्थाको सक्रियतामा सरसफाई गरिने भएको छ । आज शनिबार उक्त बाटोको मर्मत सँगै सरसफाई गर्ने भनिएकोमा मौसम प्रतिकूलताका कारण केहिदिनपछि उक्त कार्य सञ्चालन गरिने पूर्ण सरसफाई उत्प्रेरक चुनु राईले जानकारी दिनुभयो ।

साकेला गाउँपालिकाले पालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावि लक्ष्य लिएको छ । उक्त अभियान अन्तर्गत पालिकाले विभिन्न पार्क, बजार, सडक, सार्वजनिकस्थल, विद्यालय, सरकारी कार्यालयहरु तथा आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँहरुमा डष्टविन समेत राख्न सुरु गरेको छ ।

हरेक कुराबाट पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र हामीले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । टोल-टोलमा रहेका आमा समूहहरु सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी समृद्ध पालिका बनाउने अभियानलाई साथ दिएकोमा अध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभयो । पालिकाभित्र हुने हरेक विकासको कार्य नागरिकस्तरबाट भईरहँदा पालिकाको पूर्ण सहयोग हुने अध्यक्ष राईले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कार्यक्रम मार्फत सरसफाईको क्षेत्रमा विभिन्न गतिविधिहरु हुँदै आएको छ । कार्यक्रम अन्तर्गत एक जना अधिकृतस्तरको संयोजक पालिकामा र पाँच जना सहायकस्तर चौथो तहका कर्मचारीहरु प्रत्येक वडाहरुमा कार्यरत छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ००:००  ३ : ३० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली