८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलबाट विदा भए स्वदेशी तथा विदेशी चित्रकारहरू(फोटो फिचर)

दिक्तेलबाट विदा भए स्वदेशी तथा विदेशी चित्रकारहरू(फोटो फिचर)



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी भएका स्वदेशी तथा विदेशी चित्रकाररूलाई विदाई गरिएको छ ।

आइतबार विहान दिक्तेलबजारस्थित सुभद्रा मदन फाउण्डडेसनमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारहरूलाई मायाको चिनो प्रदान गरी विदाई गरिएको हो ।

असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन भएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकारहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई नगरउपप्रमुख विशन र धनु आर्ट स्टुडियोका सञ्चालक एवं वरिष्ठ चित्रकार धनु याक्खाले विदाई गर्नुभएको हो ।

१४ देशका चित्रकारले दिक्तेलका विभिन्न ठाउँमा क्यानभासमा लाइभ चित्र उतारेका थिए ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  १२ : १० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली