८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र ‘बालापन’को विशेष प्रिमियर सो असोज २८ र २९ गते दिक्तेलमा

चलचित्र ‘बालापन’को विशेष प्रिमियर सो असोज २८ र २९ गते दिक्तेलमा



खोटाङ । समाजसेवी हटमिलन राईको पहिलो चलचित्र ‘बालापन’ यही असोज–२८ र २९ गते दिक्तेलमा विशेष प्रिमियर सो हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मनुभएका समाजसेवी राईले निर्माण गर्नुभएको चलचित्र ‘बालापन’ अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ प्रिमियर सो गर्ने तयारी गरिएको हो ।

जिल्लाका अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ दिक्तेलमा विशेष प्रिमियर सो गर्ने तयारी गरिएको निर्माता राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “यो मेरो पहिलो चलचित्र हो । पहिलो प्रस्तुतिमै दर्शकको मन जित्न सफल भएको छु भन्ने महसुस भएको छ । यो चलचित्र यही असोज–१३ गते नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र विकास बोर्डको सभाहल काठमाडौँमा उद्घाटन गर्नुभएको छ”, उहाँले भन्नुभयो, “औपचारिक उद्घाटनपछि प्रिमियर सो गर्नका लागि देश तथा विदेशबाट अनुरोध आइरहेको छ । सबैभन्दा पहिले आफ्नो जिल्लामा गर्ने भनेर असोज–२८ र २९ गते दिक्तेलमा विशेष प्रिमियिर सो गर्न लागिएको हो ।”

सामाजिक, पारिवारिक र मायाँ पिरतीका कुरा समेटेर निर्माण गरिएको चलचित्र ‘बालापन’मा निर्माता राईको मुख्य भूमिका रहेको जनाइएको छ । एक घण्टा ५७ सेकेण्ड लामो चलचित्र ‘बालापन’मा नायक धिरेन शाक्य, नायिका प्रियाङ्का कार्की र सोनी बिसी तथा वरिष्ठ कलाकार सुनिल थापाको अभिनय रहेको निर्माता राईले जानकारी दिनुभयो ।

चलचित्र निर्देशक शिवा आर्जेले निर्देशन गर्नुभएको चलचित्र ‘बालापन’मा राष्ट्रियस्तरका कलाकारहरु सविन श्रेष्ठ, राजकुमार थापा, तिलबहादुर कार्की तथा स्थानीय कलाकारहरु (खोटाङका) प्रकाश राई, पवन चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पाले अभिनय गर्नुभएको छ । काठमाडौँ र दुवाईमा छायाङ्कन गरिएको चलचित्र ‘बालापन’ रु एक करोड ५० लाख लगानीमा निर्माण सम्पन्न भएको निर्माता राईले जानकारी दिनुभएको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदर्शन गरिने चलचित्र ‘बालापन’ मध्यान्ह साढे १२ बजेबाट शुरु हुने र त्यसका लागि रु ५०० र रु एक हजार, रु दुई हजार ५०० र रु पाँच हजारको टिकट व्यवस्था गरिएको स्थानीय आयोजक सोल्मा स्पोर्टस क्लब सोल्माले जानकारी दिएको छ । दिक्तेलमा आयोजित विशेष प्रिमियर सोमा नायक धिरेन शाक्यकोसमेत उपस्थिति रहने निर्माता राईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ००:००  १ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली